अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनलले ल्याएको समानको जाँचपास गर्ने कार्यमा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानूनबमोजिम लिनुपर्ने राजस्व रकम नलिने तथा छोड्ने कोसिस गरेको भन्दै आज मुद्दा दर्ता गरेको हो । सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय हुन माग दाबी अख्तियारले गरेको छ ।

देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग पनि अख्तियारले गरेको छ । यस्तै चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजायको आधा सजायलाई आधार मानेर मुख्य प्रतिवादी सापकोटा र शर्मालाई हुने सजाय बराबर सञ्चालक बस्नेत र पोखरेललाई सजाय माग अख्तियारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय