
काठमाडौं । सिर्जनशीलता र उद्धमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तिकरणको नारा दिंदै प्रदेश युवा परिषद्, बागमतीले विभिन्न सीपमुलक तालिम दिने भएको छ ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।



वेरोजगार युवा जनशक्तिलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला गरिएको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिनुभयो । उहाँले संचार क्षेत्रको पहुँचबाहिरका व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजातसहित एक हप्ताभित्र कलंकीको जिल्ला युवा समिति काठमाडौंको कार्यालयमा फाराम बुझाउन आग्रह गर्नुभयो ।
तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निःशुल्क सञ्चालन हुनेछ ।