उदयपु- उदयपुरमा कोशीमा बेपत्ता तिन जना मध्ये दुई जनाको शव फेला परेको छ । ४ दिन देखी बेपत्ता रहेका १२ बर्षिया रेखा मगर र ९ बर्षिय रिदम मगरको शव फेला परेको हो । रिदमको मंगलबार दिउँसो शव फेला परेको थियो भने रेखाको बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।

धाप्लाङको बाँजगरा बाट बेपत्ता उनिहरुको शव घिर्लिङ भन्ने ठाउँमा फेला परेको प्रहरीको भनाई छ । रिदमको शव आसपासनै रेखा पनि शव फेला परेको थियो । उनिहरु सँगै बपत्ता १२ बर्षिय लोक बहादुर मगरको भने शव अझै फेला पर्न सकेको छैन । उनको पनि प्रहरी र स्थानीयले खोजी जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय