हुम्ला । कर्णाली कोरिडोर सडक अन्र्तगत हुम्ला खण्डको छारे भीरको चट्टानी क्षेत्रको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । खार्पुनाथ र सर्केगाड गाउँपालिकाको सिमानामा पर्ने कठिन मानिएको भिरमा सेनाले सडक निर्माणलाई अन्तिम चरणमा पु¥याएको हो । दुई वर्षदेखि नेपाली सेनाको विकास निर्माण कार्य दलले कर्णाली कोरिडोरको दुल्ली कुनादेखि लाली बगरसम्मको एघार किलोमिटर सडक निर्माण गरिरहेको छ ।

सेनाको विकास निर्माण कार्यदलका योजना प्रमुख अमृत पराजुलीले थोरै बाँकी रहेको चट्टान काटने काम पनि केही समयमै पूरा हुने अवस्था छ । पछिल्लो समय भीरको चट्टानलाई विस्फोट गर्ने, कामदारले होल खोप्ने र डोजरबाट विस्फोट भएको चट्टान सम्म्याउने कार्य एक साथ भैरहेको छ ।

हुम्ला अझै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । चालु आर्थिक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको लक्ष्य छ । कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २ सय ६९ किमि छ । यसमध्ये २ सय ४६ किमि सडक विभाग र २२ दशमलब ५ किमिमा सेनाले काम गरिरहेका छन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय