मोरङ- मोरङको रंगेलीमा नेपाल र भारतका सुरक्षाकर्मीविच मैत्रीपुर्ण भलिबल प्रतियोगिता भएको छ । सशस्त्र प्रहरी बल ककालिनी ३ मोरङ्ग, सीमा सुरक्षा बल र भारत बीच धनपालथानमा मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खेलमा सशस्त्र प्रहरीले भारतीय टोलीले हराएको छ । विजेता र उपविजेताहरूलाई सशस्त्र प्रहरी र भारतीय एसएसपीहरूले दुबै तर्फबाट मेडल सिल मेडल समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बराह वाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सीमा सुरक्षासँग देशको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता जस्ता बिषय जोडिने बताए । राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका बिविध विषयहरु समेत जोडिने भएकाले सशस्त्रले सीमा सुरक्षामा प्राथमिकता दिएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय