सुनसरी- सुनसरीको चतराधाममा चैतको अन्तिम साता सुरु हुने महाकुम्भको तयारी अन्तिम चरणमा पुगेको छ । १२ बर्षमा लाग्ने महाकुम्भ मेलालाई हिन्दु धर्मालम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिने गरेका हुन । कुम्भमेलाको समयमा धरानमा रहेको पिण्डेश्वर मन्दिरको महत्व धेरै भएकोले मेलामा आएकाले त्यहा समेत दर्शन र पूजा गर्नुपर्ने जगत गुरु बालसन्त मोहनशरण देवाचार्य बताउछन ।

पिण्डेश्वरको रुपमा भगवान शिव कौशिकीको निकटतम विजयपुर डाँडामा विराजमान भएकोले कौशिकीमा स्नान गर्नु बराहक्षेत्र, दन्तकाली र पिण्डेश्वरको दर्शन गरेमा कुम्भमा सहभागिताले पुर्णता पाउने धर्मगुरुहरुको भनाइ छ ।

महाकुम्भ चैत्र २७ गतेदेखि वैसाख २८ गतेसम्म एक महिना सञ्चालन हुनेछ । यस्तै मेला भारत उत्तर प्रदेशको इलाहावाद, मध्य प्रदेशको उज्जैन, महाराष्ट्रको नासीक र उत्तराखण्डको हरिद्वारमा पनि बा¥ह बा¥ह बर्षमा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय