आइसिसी ट्वान्टी ट्वान्टी विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी ट्वान्टस् प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई काठमाडौंमा एक कार्यक्रमविच विदाइ गरेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको भन्दै उच्च मनोबलका साथ खेल्न आग्रह गरे ।

क्यानका सचिव पारस खड्काले ट्वान्टी–ट्वान्टी विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्वपूर्ण हुने बताए ।नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये साठी प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–ट्वान्टी विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको भन्दै नयाँ इतिहास रच्न आतुर रहेको बताए ।

नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग एसएमएस फ्रेन्डसिप कप खेल्नेछ । प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । ट्वान्टी ट्वान्टी विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय