त्रिबि क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड उल्भ्स र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि–२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ क्यान ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने तालिका थियो ।

तर बिहानैदेखि लगातार वर्षा भइरहेकाले खेल सम्भवन नभएको हो । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।आयरल्यान्डको टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि–२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । तर आजको खेल प्रभावित भएपछि क्यानले तालिका बदल्ने संकेत समेत गरेको छ । उल्भ्सले नेपाली सिनियर टोली विरुद्ध २ टि–२० को शृंखला २–० ले नै गुमाएको थियो ।

पहिलो खेलमा ६ विकेटले पराजित उल्भ्स दोस्रो खेलमा ७१ रनको ठूलो अन्तरले पराजित भएको थियो । उल्भ्स नेपाल भ्रमण गर्ने पहिलो आयरल्याण्डको टोली समेत हो । यसअघि आयरल्यान्डको कुनै पनि टोलीले नेपालको भ्रमण गरेको छैन । टेस्ट राष्ट्र आयरल्यान्ड आठ खेल खेलका लागि नेपाल भ्रमणमा आएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय