चीनले नेपाली चिया लैजाने भएपछि पूर्वका व्यवसायी उत्साहित भएका छन । भारतमा मात्रै निर्यात हुँदै आएकोमा उत्तरमा पनि जाने भएकाले एकलौटी बजारको अवस्था हटने उनीहरुको विश्वास छ । चिनियाँ व्यवसायीहरूले नेपालको इलामवाट अर्थोडक्स चिया लैजान रुचि देखाएका हुन ।

इलाम भ्रमणमा आएक चिनियाले सुरुमा एक लाख किलोग्राम चियाको अर्डर दिएका छन । घरेलु आवश्यकताभन्दा करिब दोबर परिमाणमा नेपालले चिया उत्पादन गरिरहेकाले चिनिया बजारमा निर्यात हुँदा नेपाली उद्योगीले लाभ उठाउनेछन । नेपाल वार्षिक करिब ४ अर्ब रुपैयाँको चिया नेपालले निर्यात गर्दै आएको छ ।

त्यसमध्ये नब्बे प्रतिशत चिया भारत जाने गरेको छ । चीनमा वार्षिक ११ लाख रुपैयाँको मात्र निकासी भएको भन्सार विभागको तथ्यांकले देखाउछ । नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी अनि ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय