मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा खोलामा बिहीबार दिउँसो बेमौसमे बाढी आएको छ । बर्सेनि साउन भदौमा मात्र आउने बाढी यसवर्ष चैतमै आएपछि यसलाई जलवायु परिवर्तनको असरको रुपमा हेरिएको छ । बेनी–जोमसोम सडकमार्गसँग जोडिएको मार्फा स्थित राज खोलामा लेदोसहितको ठूलो बाढी आएको हो ।

मार्फास्थित राज खोलामा बाढी आएपछि बेनी–जोमसोम सडक ३ घण्टा अवरुद्ध बनेको थियो । लेदो पदार्थ र गेग्रान सहितको बाढी आएपछि मुस्ताङ आउजाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सो स्थानको सडकमै रोकिएका हुन । बाढी आएपछि अधिकारी जनकराज पन्तसहित ३ वटै सुरक्षा निकायको टोली सडकमार्ग सहज बनाउन मार्फा पुगेका थिए ।

प्रशासन,प्रहरी र स्थानीयको सहयोगमा डोजर परिचालन गरेर ३ घण्टापछि सडकमार्ग सुचारु भएको थियो । बाढी आएपनि खोलाले धार परिवर्तन नगरेकाले सडक सुरु गर्न सजिलो भएको प्रहरीले जनाएको छ । मुस्ताङको मार्फास्थित राज खोलामा ५ दिनअघि पनि यसरी लेदो र गेग्रान सहितको बाढी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय