पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा जारी पाँचौ कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । पृथ्वी माविको खेल मैदानमा भएको अन्तरपालिका स्तरीय फाइनल खेलमा फालेलुङ गाउँपालिकालाई १–० को अन्तरले हराउँदै कुम्मायकले उपाधि हात पारेको हो ।

कुम्मायकको जितको लागि दोस्रो हाफको १८ औं मिनेटमा लोकेन्द्र थापाको पासलाई सदुपयोग गर्दै दिल सम्माहाफेले गोल गरेका थिए । उनले गरेको गोल नै निर्णायक भएपछि कुम्मायकले उपाधि हात पारेको हो । फालेलुङले खेलमा फर्कन अन्तिम समयसम्म गरेको प्रयास बिफल भएपछि उपविजेतामा चित्त बुझायो । प्रतियोगिताको बिजेता कुम्मायकले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको फालेलुङले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

तियोगिताको म्याद अफ दि म्याच कुम्मायकका दिल सम्बाहाम्फे घोषित भए । त्यस्तै सर्वोत्कृष्ट खेलाडी फालेलुङका मदन जबेगु घोषित हुदै नगद १५ हजार ट्रफि हात पारे । प्रतियोगिताको बेष्ट किपर कुम्मायकका कृष्ण क्षेत्री, हाइस्कोलर दिल सम्बाहाम्फे, बेष्ट फरर्वाड लोकेन्द्र थापा, मिडफिल्डर हेमन्त दर्नाल, डिफेन्डर दिप्सन लावती, राइजिङस्टार अन्जान मिफोक घोषित हुदै नगद, ट्रफि हात पारे । चैत्र ११ गतेदेखि संचालन भएको प्रतियोगिता १५ गतेसम्म संचालन भएको थियो । प्रतियोगितामा पाँचथरका सात स्थानीय तहको सहभागिता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेमराज निरौलाले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय