कमसल विरुवा बेच्ने कम्पनीको प्रहलोभनमा पर्दा जीतुरसिमरा उपमहानगरपालिका १७ का जैतापुरका किसान संचराम थिङ्ग र उनका भतिजाको ९ लाख रुपैंयाबढी रकम नोक्सान भएको छ । उनीहरुले उन्नत जातको मेवाको विउ प्रति १ सय ६० रुपैंयाको दरमा खरिद गरि २ हजार ३ बोट एक विगाह बढी जमिनमा लगाएका थिए ।

पर्साको विरगजंमा रहेको पशुपतीनाथ एग्रोफरेस्टी प्रा.लि. पानिटंकी विरगजंसँग खरिद गरिएका विरुवा बिक्रेताको लापरवाहीका कारण नष्ट भएको पिडित किसानहरुले बताए ।विरुवा बेचेपछि उक्त कम्पनीका प्रतिनीधि फर्केर आएनन् ।

उक्त कम्पनीका प्रतिनीधिले बिरुवा दिने बेला प्राविधिक सहयोग गर्ने, मेरेका बिरुवाको बदलामा निःशुल्क विरुवा दिने, उत्पादन कम्पनीले खरिद गरिदिने भनेर फकाई फुस्लाई मेवा खेती गर्न लगाए । राम्रै होला तनी भनेर महँगोमा विरुवा किनेर लगायौं । न मरेका बिरुवाकोे बदला, न प्राविधिक सहयोग ठगि गर्ने अभिप्राय मात्रै रहेछ, मेवा किसान थिङ्गले गुनासो गर्नु भयो ।

विरुवा लगाएको केही समय देखी मर्न थाले मरेका विरुवाको बदलामा विरुवा दिने कुरा थियो । त्यो पनि दिएनन् । सम्पर्क राख्दा नानाभाँती कुरा गर्ने गरेको वहाँले भन्नु भयो ।

केही त्यसै मरे । केही विरुवा लगातारको बर्षाले मरे । बँचेका विरुवामा फल लाग्न थालेको थियो । तर ती पनि टिकेनन् सबै बोटै मरे । यसरी हाम्रो ९ लाख रुपैया बढीको लगानी खेर गयो अर्का पिडित किसान दुलमाई तामाङ्गनीले सुनाउनु भयो । मेवा लगाउन लिएको कर्जा अव कसरी तिर्नु । कम्पनीले हामीलाई ठग्यो, वहाँले गुनासो गर्नु भयो । राम्रै होला भन्ने आशा थियो । बर्वाद भईयो, तामाङ्गनीले भन्नु भयो ।

बर्षायाममा लगातारको बर्षाको पानि जम्दा फुल्दै गरेका मेवाका ८० प्रतिशत विरुवा मेरेका थिए । अहिले सबै सकियो । उन्नत जातको मेवाको विउ प्रति १ सय ६० रुपैंयाको दरमा खरिद गरि २ हजार ३ बोट रोपेका थियौं । “तीन महिना अघि लगाईएका ती विरुवा फुल्न थालेका थिए । मेवाका विरुवा त भटाभट मरेर बर्वाद भयो । विरुवा, ज्याला, खनजोत र सिंचाई समेत ठुलो क्षेती भयो पिडिले सुनाए । बालि विमाको सहजता नहुँदा विमा गर्न सकिन । जस्का कारण ठुलो नोक्सानी सहनु पर्ने भयो उनीहरुले बताए ।

यता विरुवा विक्रि गनेए कम्पनी पशुपतिनाथ एग्रो फरेस्टी प्रा.लि. पानिटंकी विरगजका प्रमुख संतोष कुमार अधिकारीसँग हामीले प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय