लोकेश बमको शतका बाबजुद नेपाल ‘ए’ तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमा समेटियो । नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले । ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे ।

आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए । नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।आयरल्यान्डका फिओन ह्यान्ड र म्यथ्यू हम्फ्रेज ३÷३ विकेट लिए । म्याथ्यू फोस्टरले २ विकेट लिँदा थोमस मेयर र गेभिन होईको नाममा १÷१ विकेट रह्यो । त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान पिटर मुरले सर्वाधिक ४९ रन बनाएका थिए । केड कार्मिकल र कप्तान निल रकले ३८–३८ रन जोडे । यसैगरी स्टिफन डोहेनीले ३४ रन, गारेथ डेलानी ३० रन, गाभिन होएले पनि अविजित १८ रन जोडे ।

नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए ।सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारेका थिए । जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार खेलिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय