विराटनगर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षाको अध्यापन गराउनु पर्ने बताएकि छिन् । आज बिराटनगरमा आयोजीत स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस को निर्वाचनबाट नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोध गर्दै उनले नयाँ अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं अविष्कार गरी विश्वमा मुलुकको नामको कीर्तिमान राख्न विद्यार्थीहरुलाई अनुरोध गरेकि हुन् ।

उहाँले खाद्य सुरक्षा , जलवायु परिवर्तनको अनुकुलता र मुलुकको अर्थतन्त्र सवल बनाउने विषयमा विद्यार्थीहरुले विशेष ध्यान दिनु पर्ने मा उनको जोड थियो । चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियर ,नेता तथा समाजसुधारक उत्पादन गर्ने शिक्षालय केन्द्र भएकोले यसको विकासका लागि सहमतीको आधारमा संघीय सरकारले २० प्रतिशत बजेट विनियोजन गर्नु पर्नेमा सरकाको ध्यानाकर्षण गराएकि थिइन् ।

सोही अवसरमा पूर्व राष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी , दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगितामा स्वणर् पदक विजेता मनिष खतिडालाई प्रमाणपत्र वितरण गर्नुका साथै क्याम्पसका विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर गर्ने विराटनगरमा विभिन्न अस्पतालहरुलाई प्रमाणपत्र प्रदान गरे गरेकी छन् ।

पुरस्कार वितरण, सम्मान, नयाँ विद्यार्थी स्वागत, झण्डोत्तोलन र स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिष्पर्धी दक्ष जनशक्ति उत्पादनमा शिक्षालयले विशेष ध्यान पु¥याउन उनको सुझाब थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय