उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। ‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउन निर्देशन दिएका छन् ।

निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन निर्देशन दिँदै मन्त्री लामिछानेले आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध गराउने बताए। ‘अन्य विषय कानुनले दिएको अधिकार प्रयोग गर्न र के गरौं भनेर होइन नसोधी आफुले के गर्ने हो भन्ने सोच्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराए। उनका अनुसार उपनिर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय