सुक्खा बन्दरगाह निर्माणका लागि पटक–पटक संघीय सरकारसहित विभिन्न निकायमा पत्राचार र ज्ञापनपत्र बुझाउँदासमेत प्रक्रिया अगाडि नबढेकाले शनिवार जलेश्वर उद्योग वाणिज्यसङ्गका अध्यक्ष लवराजा सिंहको नेतूत्वमा महोतरीका संधीय सांसद प्रदेश सांसद राजनितिक कर्मी र उधोग व्यवसायीको सम्मिलत टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा सुख्खा बन्दरगाह बनेपछि यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नुका साथै व्यापारीहरुलाई व्यवसाय गर्न सहज हुने उल्लेख छ । जलेश्वर भन्सार महोत्तरी र जनकपुरको प्रमुख नाका समेत भएकाले व्यापारीले तेश्रो मुलुकसँगको व्यापारपनि यसै भन्सारबाट हुनुपर्ने माग गरेका छन ।

तेस्रो मुलुकबाट हुने व्यापारका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा जलेश्वर भन्सारमा सुख्खा बन्दरगाह सञ्चालन गर्ने योजना अगाडि बढन सकेको छैन । सुख्खा बन्दरगाहका लागि भारतको सीतामढी जिल्लाको भिठामोडमा भारतीय भन्सारले भिठामोडमा जग्गा अधिग्रहणको प्रक्रिया पूरा गरी पर्खाल निर्माण गरेपनि नेपाल तर्फ सुख्खा बन्दरगाहका लागि जग्गा सर्वेक्षणमै सीमित छ ।

सुख्खा बन्दरगाहका लागि इन्टर मोडेल यातायात विकास समितिले तयार पारेको सर्वे रिर्पोट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि प्रक्रिया अगाडि बढेको छैन । भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगन्ज हुँदै काठमाडौँसम्म मालसामान दुवानी गर्दा १ हजार १ सय १९ किमी दुरी पर्छ । तर, भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, समस्तीपुर साहरघाट हुँदै जलेश्वर भन्सार कार्यालयबाट बर्दीबास, सिन्धुली हुँदै काठमाडौँसम्मको दुरी ८ सय ८१ किलोमिटर छ । वीरगंज भन्दा जलेश्वरबाट काठमाडौँको दुरी २ सय ३८ किलोमीटर दुरी कम पर्ने छ ।

मधेश प्रदेशमा वीरगन्जमा मात्र सुख्खा बन्दरगाह छ । प्रदेशका पूर्वी जिल्लामा व्यापार व्यवसाय असहज र झन्झटिलो भएको जनाउँदै व्यापारीले जलेश्वर नाकामा सुख्खा बन्दरगाह थप्न आग्रह गरेपछि आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुख्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय