उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् । शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लामिछानेले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरेका हुन् । उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको पनि स्पष्ट पारेका छन् ।

गृहमन्त्री लामिछानेले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको पनि बताए । उनले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याए । गृहमन्त्री लामिछाने स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताए । उनले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय