प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् । २४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख गर्दै सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुनपर्ने बताएका हुन् । उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गरे ।

प्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय