काठमाडौं – धरानका मेयर हर्क साम्पाङ अहिले काठमाडौंमा छन । साम्पाङले आइतबार गृहमन्त्री र अर्थ मन्त्री संग भेट गरेका हुन । गृहमन्त्री रबि लामिछानेलाइ भेटेर उनले धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन् । साम्पाङले मन्त्रालयमै आएर राखेका माग सम्बोधन प्रक्रिया सुरु गर्न गृहमन्त्रीले कर्मचारीलाई निर्देशन दिए ।यस्तै साम्पाङले आजै अर्थमन्त्री वर्षमान पुन अनन्त संग भेट गरेका छन ।

भेटमा उनले धरानमा रहेको खानेपानी समस्याको समाधानका लागि अर्थमन्त्रीसंग आग्रह गरे । धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सके खानेपानीको समस्या समाधान हुने र उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो । अर्थमन्त्री पुनले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताउदै खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग बजेट माग गर्न सुझाव दिए । मन्त्री पुनले साम्पाङको काम गर्ने शैलीको प्रशंसा गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय