काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । आइतबार नेकपा (एकीकृत समाजवादी) को प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

गठबन्धनको नाममा बागमती प्रदेश सरकारले हेपाह प्रबृति हावी गर्दै लगेको, सरकारको नेतृत्व परिवर्तनका विषयमा छलफल नभएको, जिम्मेबारी बाँडफाँडमा (एकीकृत समाजवादी) लाई बेवास्था गरेको र सरकार संचालनको विषयमा समन्वयनको अभावलगायतका विषयमा असन्तुष्टि जनाउँदै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)की नेतृ रमा आले मगरले OUR NEWS CREW लाई बताउनुभयो । १९ गते सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

बागमतीमा एकीकृत समाजवादीका ७ जना सांसद छन् । बागमती प्रदेशमा नेपाली कांग्रेस ३७, नेकपा (एमाले) २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेमकिपा ३ र हाम्रो नेपाल पार्टीका २ गरी ११० जना सांसद छन् । प्रदेशमा सरकार बनाउन ५६ सांसदको साथ चाहिन्छ । नेपाली कांग्रेस संसदीय दल बैठकले र हाम्रो नेपाल पार्टीले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वास मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय