काठमाडौं । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्ने क्रममा सांसद गौतमले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताउनु भएको हो ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्री दाहालले संसदमा गृहमन्त्रीको पक्षमा बोल्नु न्यायोचित नभएको प्रष्ट पार्नुभयो । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएकोले उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको उल्लेख गर्नुभयो

सत्ता गठबन्धन सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि लाखेको आरोपको अनुसन्धान गर्न तर्फ नलागेको बताउनु भयो । उहाँले सरकारले सहकारी समस्या छानविनका लागि संसदीय समिति बनाउनुपर्ने र प्रतिपक्ष दल कांग्रेसको मागलाई सहजतापूर्वक सबै दलहरुले स्वीकार गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय