काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको छ ।

यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच भएको छलफलमा आलोपालोमा एकीकृत समाजवादी ‘एस’ ले पनि मुख्यमन्त्री पाउने सहमति भएको हो । आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भएपछि अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए ।

आज प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय