काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले आज मन्त्रीको शपथ लिदैछिन ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेका हुन । आलेलाई प्रदेश प्रमुख कार्यालयमा आज शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरि नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

उनको मन्त्रालय भने सात दिनभित्र टुंग्याउने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय