भक्तपुरको प्रसिद्ध बिस्केट अर्थात ‘बिस्का’ जात्राका लागि तयारी सुरु भएको छ । चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्राका लागि आयोजक र सरोकारवालाबिच छलफल भएको हो । आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्ने समझदारी सरोकारवालाविच भएको छ ।

प्रशसनले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न-गराउन तयारी थालेको जनाएको छ । गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्ने काम भैरहेको जनाएको छ । जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने तयारी छ । जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव ¥याली गर्ने निर्णयपनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय