बिरगंज- सशस्त्र प्रहरी बलद्वारा पर्सा जिल्लाको विभिन्न स्थानबाट दस लाख बारह हजार सात सय बीस रुपैया बराबरको अबैध माल समान पक्राउ गरेको छ । बिरगंज महानगरपालिका वडा न.७ मा पर्ने रेल्वे रोडबाट आठ लाख चालीस हजार मुल्यको अबैध भन्सार छलीका कपडा, काजु, जुत्ता–चप्पल, कुर्ता सलवार, लगायतका सामाग्रीहरु पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको मोबाइल गस्ती टोलिले भारतबाट अबैध भन्सार छली चोरीपैठारी गरि ल्याइएको अवस्थामा उक्त आठ लाख चालीस हजार बराबरको अबैध माल समान पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसै गरि बिरगंज महानगरपालिका वडा न.१६ मा पर्ने बिरगंज भन्सारको मुल गेटबाट भारतको रक्सौलबाट बिरगंजतर्फ आउन्दै गरेको विभिन्न सवारी साधनहरुमा लुकाइ छिपाई ल्याउन्दै गरेको अवस्थामा एक लाख बाईस हजार सात सय बीस रुपैया बराबरको सामान पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताउनु भएको हो ।

त्यसै गरि सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलवाबाट खटिएको सशस्त्र प्रहरी गस्ती टोलिले बिरगंज महानगरपालिका वडा न. ३१ मा पर्ने बन जंगलबाट चोरी फटानी गरि राखेको अवस्थामा बीस क्युफिट सालको गुलिया, सोमा प्रयोगहुने आरा, र मानिस सहित पक्राउ गरि आवस्यक कार्वाहीको लागी सब डिभिजन बन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जनाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय