सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँएको छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा दिवस मनाउने गरिन्छ । संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन । धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारी व्यवस्थापकका कारण संकटमा रहेका छन । संघीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ ।

देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थितिमा छन् । सात हजार ६ सय ३५ बचतकर्ताले बचत रकम फिर्ता गरिनुपर्ने मागसहित सरकारी निकायमा उजुरी दिएका छन ।१९ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि सफारिस गरिएको छ ।१५ वटा सहकारीको आर्थिक अपचलनको माग दाबी सङ्कलन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।

स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरिएको छ । ओरेन्टल कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र तुलसी बहुमुखी पनि समस्याग्रस्त सूचीमा छन । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपियाँ अपचलन भएको पाइएको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएका छन् । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी बताइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय