प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन । काठमाडौंमा आज समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा उनले समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधानलाई समाजवाद अग्रसर बनाउन सकिने बताएका हुन । संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका आपसी एकतालाई सुदृढ गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भएपनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको दाबी गरे । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताए ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताए ।

समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताए । संयोजक चन्दले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने दाबीपनि गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय