उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन । प्रतिनिधि सभामा बिमस्टेक वडापत्रको प्रावधान सम्बन्धि छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन । उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढन भुमिका खेल्नुपर्ने बताए ।

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितलाई अनुकुल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दामा नेपाललाई फाइदा पुग्ने सांसादहरुको भनाइ थियो । सांसदहरुले उठाएका प्रश्नमा मन्त्रीले जवाफ दिएपछि प्रतिनिधि सभाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास बिमष्टेक बडा पत्रलाई प्रतिनिधि सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय