‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपाली टोलीले भारतको बरोडालाई २७ रनले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । सन्दीप जोराले २९, अनिल साहले २५ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले १८ रन, गुलसन झाले १३ रन, कुशल भुर्तेलले नौ रन, आसिफ शेखले नौ रन बनाए ।

बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको बरोडालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई–दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय