काठमाडौं । कर्णाली प्रदेशमा सरकार गठनका बिषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीन दिनदेखि लगातार चलेको वार्तापछि अन्नतः कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन सहमत भएका हुन ।
मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने छन । केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरुले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेपछि केही समयका लागि अन्यौलता कायम भएको थियो । कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाट मुख्यमन्त्री बन्ने दुई दलबीच सहमति भएपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन ।
अब कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने छन ।