काठमाडौं । उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बसेको छ ।

संसदीय बोर्डको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको हो । उम्मेदवारको टुंगो लगाउने विषयमा बारम्बार बैठक बसेपनि कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन । पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार बसेको बैठकले लगभग उम्मेदवार चयनमा सहमति जुटिसकेकोले आजको बैठकले त्यसलाई टुंगोमा पुर्याउने बताउनु भयो ।

इलाम–२ मा पार्टी सभापति देउवाले डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका छन् भने संस्थापन इतर समूहले भेषराज आचार्यलाई टिकट दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय