काठमाडौं । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको देवीनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो । गएराति २ बजे मदिरा पिएर होहल्ला र झै–झगडा गरेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

होहल्ला नगर्न र घर जान आग्रह गर्दा उल्टै धम्की दिएपछि उहाँहरुलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । उहाँहरु अहिले बानेश्वरको हिरासतमा रहेको र कानून अनुसारको कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय