
नेपालगंज- पूर्व निर्धारित कार्यक्रम अनुसार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह आज नेपालगंज आइपुगेका छन । जुम्लामा गरिने नागरिक अभिनन्दन कार्यक्रम देखि नागरिकसँग भेटघाट गर्न पूर्वराजा ज्ञानेन्द्र शाह दुइहप्ताका लागी नेपालगंज आइपुगेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगंज स्थित होटल सोल्टीमा बस्ने र त्यहाँबाटै जुम्ला जाने राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले बताए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाका महामन्त्री डा. धवल शम्सेर राणा लगायतका नेता कार्यकर्ता तथा स्थानीयले नेपालगंज विमानस्थलमा स्वागत गरेको बताए । नेपालगंज आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको थियो।


