
मलेसियाले नेपालबाट सुरक्षा गार्डका रूपमा मात्र कामदार लैजाने भएको छ । उत्पादन, कृषि र सेवा क्षेत्रमा कामदार लैजान रोकेको मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदारलाई खुला गरेको हो । श्रम बजारमा कोटाभन्दा बढी विदेशी कामदार भएको भन्दै सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा चैत ९ देखि नै मागपत्र प्रमाणीकरण गर्न रोक लगाएको छ ।
मलेसियाले १६ वटा कामदार स्रोत देशमध्ये नेपालबाट मात्रै सुरक्षा गार्ड लिँदै आएको छ । सुरक्षा गार्डमा न्युनतम ७९ हजार रुपैयाँ तलव हुनुपर्ने प्रावधान छ । मलेसियामा सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादनलगायतमा गरी झन्डै पाँच लाख नेपाली श्रमिक कार्यरत छन ।


