कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुने भएका छन् । सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार माओवादीबाट मुख्यमन्त्री भएका राजकुमार शर्माले राजीनामा दिएसँगै एमालेका कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरिसकेका छन् ।
एमाले प्रदेशसभा संसदीय दलका नेता कँडेल बहुमत जुटाएर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका छन । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखसहित १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक÷एक प्रदेशसभा सदस्य छन् ।