पाल्पा- लुम्बिनी र गण्डकी प्रदेशको पाल्पा र स्याङ्गजा जिल्ला जोड्ने कालीगण्डकी नदीको राम्दीमा नयाँ पक्की पुल निर्माणको काम सुरु भएको छ । सिद्धार्थ राजमार्गको सुनौली–पोखरा जोड्न राम्दीमा अहिलेको पुल जीर्ण भएकाले नयाँ पुल निर्माणको काम अघि बढेको पुल विभाग पुल सेक्टर पोखराले जनाएको छ ।

अहिलेको ट्रस पुल ९३ मिटर लामो छ भने यसकै नजिकबाट अर्को नयाँ पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले ठेक्का लगाएको जानकारी दिएको छ । २०७९ असार ३० गते सम्झौता भएर २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का भएको हो । निर्माण व्यवसायीसंग २७ करोड ७१ लाख लागतमा पुल निर्माण सक्ने गरी सम्झौता भएको हो । नयाँ बन्ने पुल एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाईको हुनेछ भने पुलमा ४० टनसम्मको भारवहन क्षमताका सवारी साधन चल्न सक्ने पुल सेक्टरले जनाएको छ ।

२०२८ सालमा भारत सरकारले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि १० टन भन्दा बढी भारवहन क्षमताका सवारी साधनहरू आवतजावतमा रोक लगाइएको थियो । भारतीय सहर सोनौली र पर्यटकीय नगरी पोखरा जोड्ने सिद्धार्थ राजमार्ग भारत सरकारको सहयोगमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय