एमाले अध्यक्ष केपी ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका छन् । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ ।

ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री समेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरेका हुन् । ओलीले भेटेर यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको पञ्चरामले जानकारी दिए । ओलीले सहकार्यको आग्रह मात्रै गरेनन्, बरु जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ, त्यो गर्न तयार रहेको बताए । एमाले गण्डकीका नेताहरूले यसअघि राप्रपालाई मुख्यमन्त्री नै पनि दिन तयार रहेको बताएका थिए ।

ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ थियो । राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले सत्तागठबन्धन बाहेकको दलसँग सहकार्य गर्न सकिने बताएपछि मुख्यमन्त्री पाण्डे निरन्तर छलफलमै छन् । मनाङे, राप्रपाले साथ दिए र नेसपाका फणिन्द्रले फ्लोर क्रस गरिदिए कांग्रेस सरकारको बहुमत पुग्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय