सुनको मूल्य प्रतितोला १ हजार ३ सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार ३ सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३२ हजार ५० निर्धारण भएको हो । यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार ६ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय