सुनसरी । स्थानीय समुदायबीच झडप भएपछि स्थिति साम्य पार्न जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको छ ।

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले सूचना जारी गर्दै इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा कर्फ्युलगाइएको जनाएका हुन् । आज अपराह्न ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गर्दै सम्भावित मानवीय क्षति र सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु लगाइएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय