
सरकारले सहमति गरेको लामो समय वित्दा पनि देशभरका दुग्ध किसानले अझै बक्यौता पाउन सकेका छैनन । दुग्ध उत्पादक किसान र डेरी उद्योगका प्रतिनिधिहरूसँग २१ चैत २०८० सम्म किसानको दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने पाँचबुँदे लिखित सहमति गरे पनि दुग्ध विकास संस्थानले रकम भुक्तानी नगर्दा किसानहरू समस्यामा परेका हुन् ।
कृषि मन्त्रालयले २१ चैतमा पुस मसान्तसम्मको दूधको रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको कार्यान्वयन नभएको हो । देशभरि रहेका १ हजार ८ सय ५७ दुग्ध उत्पादक सहकारीमार्फत नीजि र दुग्ध विकास संस्थानलाई बिक्री गरेको दूधको पैसा किसानले पाउन नसकेका हुन । किसानहरुले झन्डै साढे ६ अर्ब रुपैयाँ भुक्तानी पाउन नसकेको दुग्ध उत्पादक किसान संघले जनाएको छ ।



डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थान डीडीसीले किसानको भुक्तानीमा आलटाल गरेका हुन । र दुग्ध विकास बोर्डका अनुसार, मुलुकभर ३० लाख किसान दूध उत्पादनमा संलग्न छन् । नेपाल डेरी एशोसिएसनले दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोचोटि समस्या भएको बताउदै आएका छन । दूध उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दी पनि कारण मानिएका छन ।
नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिएर पनि नेपाली दूधको बजार घटेको बताइन्छ । अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ । डीडीसीका अनुसार करिब १ अर्ब २२ करोड मूल्य बराबरको दूध उत्पादन स्टक भएर बसेको छ ।