लुम्बिनी – लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै उक्त दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए । उनलाई पछ्याउँदै कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तृतीय स्थान प्राप्त गरे । उनले २ लाख रुपैयाँ पाए । प्रतियोगितामा अनिस थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दसौं स्थान हासिल गरे । चौथो देखि १० औंसम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान ओगटिन् । उनलाई पछ्याउंदै एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्न सफल भइन् । योसंगै उनले तेस्रो स्थान पक्का गरिन् । विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ट्ठ जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय