जुम्ला- पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज जुम्लामा नागरिक अभिनन्दन गरिएको छ। जुम्ला विमानस्थलबाट कृष्णमन्दिरसम्म गाडीमा पुगेका पूर्वराजा शाहलाई मन्दिर परिसरमै नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले अथाह सम्भावना भएर पनि देश परनिर्भरतातर्फ गैरहेको भन्दै राष्ट्रको पुरानो गौरव फर्काउन र देश बनाउन एकजुट हुनुपर्ने बताए ।

पूर्वराजा शाहले परिवर्तन निक्कै पीडादायी भएपनि सधै आवश्यक हुने समेत बताए । विगतमा भएका गल्तीवाट सुध्रिनु र चेत्नुपर्नेमा जोड दिदै उनले मुलुकमा सर्वपक्षीय सम्मेलनमार्फत मुलुकको आगामी वाटो तय हुनुपर्ने जनमत बढदै गएको दाबी समेत गरे ।

पूर्व राजा शाहले यातायातको विकटता, हावापानीको जटिलता आर्थिक साधन श्रोतको अभाज विकटताविच पनि कर्णालीमा धेरै सम्भावनाहरु रहेको पनि औल्याए । राज्यले कर्णाली क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । अभिनन्दनका क्रममा कृष्णमन्दिरबाट चन्दननाथ मन्दिरसम्मको झन्डै तीन सय मिटरको दुरी पूर्वराजाले पैदल हिँडेर स्थानीय तथा नागरिकसँग भेटघाट र अन्र्तक्रिया गरेका थिए । उनले चन्दननाथ मन्दिरमा पूजाअर्चना पनि गरेका छन । पूर्वराजाको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण जुम्ला पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय