काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अधिकारीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । प्रदेश प्रमुखले आजै अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने संभावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय