काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अबको महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवार हुने बताएका छन ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले अहिलेका सभापति शेरबहादु देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने बताए । नेता भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने पनि बताए ।छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको र समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह नरहेको स्पष्ट पारे ।
भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी कै कारण विकास निर्माणमा बजेट नपुगेको बताउदै संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताए ।