मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी एफडिआईमा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्यांक छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म पाँच अर्ब ६३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । चालु आवको आठ महिनामा विभिन्न २५३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो गत वर्ष सो अवधिमा एक अर्ब १७ करोड विदेशी लगानी भित्रिएको थियो । यस्तै आठ महिनामा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई तीन अर्ब ८९ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ५८ करोड कायम भएको थियो । नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ ।

मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । आठ महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता कोरियाबाट १३ वटा परियोजनामा १२ अर्ब ८४ करोड रुपियाँ आएको छ । यस्तै चीनबाट १५३ परियोजनामा नौ अर्ब ४१ करोड ५५ लाख ६४ हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय