ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाई मार्गबाट उद्धार गर्न शुरू गरिएको छ । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि उनीहरुको हवाइ उद्धार थालिएको हो । ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पुर्याउन शनिवार उडान भरेका हुन ।

नेसनल एयरबोर्न सर्भिसका हेलिकप्टरहरूले तारोको राष्ट्रिय निकुञ्ज नजिकैको प्रभावित क्षेत्रमा उद्धारका लागि उडान भरिरहेका छन् । वृद्धवृद्धा, कमजोर, महिला, बालबालिका र दीर्घरोग भएका व्यक्तिलाई उद्धारका क्रममा पहिलो प्राथमिकता दिइएको छ । पहाडी क्षेत्रमा रहेको सिल्क्स प्लेस होटलबाट करिब ४ सय भन्दा बढी पर्यटक र कर्मचारीहरुको उद्धार गरिएको बताइएको छ ।

आफन्त तथा साथीहरू अझै माथिल्लो भागमा फसेको बताउँदै उनीहरूको उद्धारमा तदारूकता देखाउन आग्रह गरेका छन । ताइवानमा बुधवार गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ठूलो पहिरो खसेको थियो ।

जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए । राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिवार पनि ५.२ म्याग्निच्युडसहितका ३ सय भन्दा बढी पराकम्प गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय