
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आजै तीन मन्त्रीले पनि विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने बताइएको छ ।



केन्द्रमा सत्ता गठबन्धनमा आएको फेरबदल सँगै तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा माओवादी संसदिय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।