कोरोना महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् । कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक नेपाल आँखा अस्पतालले आज सार्वजनिक गरेको हो । आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोरोना पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को आठ महिनामा अस्पतालवाट झण्डै लाख भन्दा बढीले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । तिमध्ये १६ वर्ष उमेरका बिरामी १५ हजार भन्दा छन । अस्पतालमा आकस्मिक उपचार सेवा लिने विरामीको संख्या मात्रै २ हजार ७ सय ३५ रहेको छ । अस्पतालमा ३ हजार ५ सय ९८ वटा शल्यक्रिया समेत गरिएको छ । अस्पतालमा हाल दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा लिने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय