घरेलु टोली गुजरात क्रिकेट संघलाई १८ रनले पराजित गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।आज वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटिएको हो ।

गुजरातका लागि कप्तान उमंगकुमार तान्डेलले, ४०, आर्य देसाइले ३६ , रुद्र पेटलले १७, जयमित पटेलले र हर्ष देसाइले समान १५ तथा सरल प्रजापती र जाला युवराजसिंहले अविजित १० रन बनाए ।नेपालका लागि अविनाश बोहराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ र कुशल भुर्तेलले १९ रन बनाए । गुजरतका लागि जयमित पटेल, शहिन पटेल, जाला युवराजसिंह र तेजस पटेलले समान एक विकेट लिए । प्रतियोगितामा नेपालले गुजरातमाथि ह्याट्रिक जित निकाल्यो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले पराजित गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय