नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा पनि ६९ रनले पराजित भएको छ । पराजयसँगै नेपालले तीन खेलको शृंखला ३–० ले गुमाएको छ । यसअघि नेपाल २१ र १ सय १४ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार आयरल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९ दशमलब ४ ओभरमा २१५ रनमा समेटिएको हो । नेपालका लागि अर्जुन कुमालले १ सय १८ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १ सय २ रनको योगदान गरे । यसैगरी अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ तथा देव खनालले ११ रन बनाए ।

आयरल्यान्ड ‘ए’ का लागि बेन ह्वाइटले पाँच विकेट लिए । यसैगरी गाभिन होयले चार र म्याथ्यु फोस्टरले एक विकेट लिए । यसअघि टर जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पारेको थियो । आयरल्यान्डका लागि स्टेफन डोहिनीले १ सय ७ रनको योगदान गरे ।

यसैगरी पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन बनाए ।नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले समान तीन तथा विकास आग्री र साहब आलमले समान एक विकेट लिए । यसअघि आयरल्यान्ड नेपालको सिनियर टोलीसँग दुई टी–२० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी–२० खेलमा २–१ ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय